प्रचण्ड वाणी : क्रान्तिका उपलब्धि गुम्न सक्ने खतरा छ, सचेत रहनुस्

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १५, मंगलबार (५ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

साउन १५,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारसामू गम्भीर चुनौती रहेको बताएका छन ।

अध्यक्ष दाहालले नागरिकसँगको सम्बन्धलाई सुदृढ नबनाए क्रान्तिका उपलब्धि गुम्न सक्ने खतरा औंल्याउँदै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

उनले सरकारमाथि चौतर्फी घेराबन्दी सुरु गर्ने काम प्रतिक्रान्तिकारीहरुले गरिरहेको दाबी गर्दै त्यसलाई प्रतिवाद गरेर जान ‘आँखा तिखो र कान ठाडो’ बनाउने बेला आएको बताए ।
अध्यक्ष दाहालले क्रान्तिको उपलब्धि विरुद्ध प्रतिक्रान्तिकारीहरुले शक्ति परिचालन गर्ने गरेको लेनिनकालीन अतित पनि स्मरण गराए ।

पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कर्मचारीहरुको उचित व्यवस्थापन गर्ने काममा ढिलाई नगर्न सरकारलाई सुझाव दिए ।

अध्यक्ष दाहालले कर्मचारीहरुलाई आत्मसम्मानका साथ काम गर्ने वातावरण बनाउने आश्वासन पनि दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस