कोरोना भाइरसका बिरामीलाई उत्तर कोरियामा मृत्युदण्ड दिईयो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन ५, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, काठमाण्डौ । उत्तर कोरियामा कोरोना भाइरसबाट ग्रसित एक अधिकारीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्युदण्ड दिइएको रिपोर्टले बताएको छ । क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै उनलाई यस्तो सजाय दिइएको बताइन्छ ।

ती अधिकारीलाई उक्त घातक रोग सर्नमा सहयोग गरेर धेरैको ज्यान खतरामा पारेको भन्दै तत्काल पक्राउ गरेर मृत्युदण्ड दिइएको दक्षिण कोरियाली समाचार एजेन्सीले बताएको छ । स्रोतका अनुसार ती अधिकारीलाई चीनबाट फिर्ता आएपछि एकान्तमा राखिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस