काठमाण्डौ जिल्ला अदालतद्वारा पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ५, सोमबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फाल्गुण ५, काठमाण्डौ । बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौंमा आइतबार महराविरुद्धको मुद्दाको बहस सकिए पनि फैसला भने सोमबार मात्र हुने निर्णय भएको थियो । अदालत स्रोतका अनुसार अध्ययन गर्न समय अभाव भएकाले फैसाला सोमबारलाई सारिएको थियो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए । पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका महरा असोज १९ गते पक्राउ परेका थिए । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजालसले सोमबार फैसला गरेको हो । उनको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटाले बहस गरिरहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस