छाँयामा परेका लोकप्रतिभा कपिल बैजु !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ श्रावण १६, बुधबार (६ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

-निर्मल पुरी भोगी
साउन १६,काठमाडौँ । वि सं २०४६–२–२८ गते आमा मिठु बैजु र बुबा रामबहादुर बैजुको चौथो सन्तानको रुपमा जन्मिएका कपिल बैजु एक पुराना लोक प्रतिभा हुन् धादिङ भूमेस्थान –१९ हालको थाक्रे –३ निगाले स्थायी घर भएका ऊनले निगाले ठुलो पोखरी घैरउँ देवी प्रा.वि मा प्राथमिक तहको पढाई सम्पन्न गरे । स्कुले जिवन देखिनै कविता प्रतियोगितामा प्रथम हुन्थे ऊनी । बिषेश त पञ्चे बाजाको सहनाइ बजाउन निपुर्ण थिए । सानै ऊमेरबाट गित सँगितमा चासो राख्ने ऊनले २०६५ सालमा पहिलो लोक गित एल्बम् कसम तोड्यौ मनकामना मेलोडी नेपाल मार्फत बजारमा ल्याए साईड ए मा कसम तोड्यौ मनकामना र साईड बि मा माछि जालमा मलाई पार्दियौ गित थियो ।

ऊनले उक्त गित आफ्नै लगानीमा बनाएका थिए गायिकामा बिष्णु माझि र तुलसा बुढा मगर थिए । गित त रेकर्ड भयो तर सोचेजस्तो लोकप्रियता पाउन सकेन र ऊनको लगानी घाटामा गयो ऋणमा बनाएको ऊक्त गितबाट लगानी नउठे पनि फेरि उनी थाकेनन् केहि समयपछि दोस्रो गित बग्ने खोलाको गरे जसमा प्रकाश कटुवाल र उनको सँयुक्त आवाजमा तयार गरे गित साईड एमा बग्ने खोलाको र बिमा म पुर्बेली ठिटो रहेको थियो । गित दुबै राम्रा थिए तर बजारमा सोचेजस्तो चलेनन् दोष कस्लाई दिने ?

गित सँगितको अबस्था धरासायी छ यसो हुदाहुँदै पनि नथाक्ने उनी करिब एक दशकको सँगित संघर्षमा पछिल्लो समय लय शब्द निर्माणमा लागेका छन् अरुलाइ रोज्दै छौ र महादेब रोधी घर साँझैमा पछिल्लो उनका लय शब्द सँगीतमा निर्माण भएको गित हो । कलाकारहरु ऋण गरेर थलोको भैँसी बेचेर लगानी गर्दछन् तर लगानी फिर्ता हुँदैन नेपाली लोक कलाकारहरुको अबस्था दयनिय छ कहिले दाम सँगै नाम कमाऊने दिन आऊँछ २÷२ ओटा एल्बम् गरेर पनि स्टेज कार्यक्रम नपाउनु यो त एउटा उदाहरण मात्रै हो गित संगितमा यस्तो संघर्ष धेरैको छ । आफ्नै गाऊँ ठाऊँमा हुने मेला महोत्सबमा समेत ऊनलाई स्थान नदिनु एऊटा पिछडिएको लोक गायकको बिडम्बना हो ।

ताजा अपडेट

खोजी गर्नुहोस