‘हेभी गाउन’ लगाएर ४ वटा कुर्सीमा बसेकी उर्वशी ट्रोलको शिकार

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन ६, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । असमको गुवाहाटीमा फिल्मफेयर अवार्ड २०२० मा ‘हेभी गाउन’ लगाएर ४ वटा कुर्सीमा बसेपछी बलिउड नायिका उर्वशी रौटेला ट्रोलर्सको निशानामा परेकी छिन् । उनले सोसल मिडिया मार्फत आफूले उक्त ‘हेभी गाउन’ लगाएको एक भिडियो सेयर गरेपछी उनी ट्रोलर्सको निशानामा परेकी हुन् । रातो कलरको ‘हेभी गाउन’ लगाएको भिडियो उनले सोसल मिडिया इन्स्टाग्राममा एक क्याप्सनमा लेख्दै सेयर गरेपछी उनका कारणले ४ वटा कुर्सी ओगटिएको भन्दै ट्रोलर्सहरुले ट्रोल बनाएका हुन् ।

उनले उक्त भिडियो इन्स्टाग्राममा सेयर गर्दै लेखेकि छिन्, ‘मेरो अद्भुत टिमबिना मेरो सबैभन्दा भारी रेड कार्पेट एक्सपिरियन्स सम्भव हुन सक्दैनथ्यो । म चारवटा सिटमा बसेकी थिएँ ।  उनको यस भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘मानिसहरुले एउटा सिटमा बस्नका लागि पैसा तिरेका हुन्छन्, तर तिमी चारवटा सिटमा बसेकी छौ ?’ त्यसैगरी गरी अर्काले लेखेका छन् ‘यति ठूलो ड्रेस लगाउन नै किन पर्‍यो रु यसमा त एउटा पूरा गाउँलाई कपडा पुग्छ ।’ अर्का एक व्यक्तिले लेखेका छन्, , ‘यसमा त पूरा घरको दुई जोडी कपडा बन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस