एआईए स्कुलद्वारा धुर्मस-सुन्तली फाउण्डेसनलाई ३ लाख ४० हजार सहयोग !

Post Thumbnail

एआईए स्कुलद्वारा धुर्मससुन्तली फाउण्डेसनलाई तीनलाख चालिस हजार सहयोग

फागुन ७, काठमाडौ । आज शंखमूल स्थित अवरनेस इन्टरनेसनल एकेडेमी ९एआईए० को विद्यालय प्राङ्गणमा धुर्मुस सुन्तली फाउण्डेसनलाई आर्थिक सहयोग कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले एउटा समिति नै निर्माण गरेर आर्थिक सहयोग सङ्कलन गरेका थिए ।

एआईए स्कुलका कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुले राजधानी कै एक क्याम्पसमा आयोजना गरेको “स्लाइड सो प्रतियोगितामा प्रथम भई नगद बीस हजार पुरस्कार स्वरुप प्राप्त गरेका थिए । उक्त रकमबाट रु दुई हजार छुट्टाएर उनीहरुले विद्यालयका प्रधानाध्यापकलाई धुर्मुस–सुन्तली फाउण्डेसनलाई पु¥याइदिन आग्रह गरेका थिए । उक्त दुई हजार समाउँदै “कम्तिमा यो रकमलाई पचास हजार पु¥याएर विद्यालयले धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयाृग रकम हस्तान्तरण गर्नेछ” प्रधानाध्यापक विमल घिमिरेले आश्वासन दिएको स्मरण गर्दै विद्यार्थी अभिषेक गौतमले बताए ।

विद्यालयका भाइस प्रिन्तिपल खगेश्वर गिरीका अनुसार विद्यालयले विद्यार्थीलाई हौसला अभिवृद्धि गर्ने मनसायले विद्यालयमा ‘मेला’ सञ्चालन गरी विद्यार्थीलाई नै अनेक परिकार बनाउन सिकायो र विक्री गरेर बचेको सम्पूर्ण रकम फाउण्डेसनका निम्ति छुट्टायो ।

अभिभावकलाई मनोसञ्जनात्मक खेल खेलाएको स्मरण गर्दै विद्यालयका सञ्चालक तथा शिक्षक कृष्ण प्रसाद गैरेले “विद्यार्थीहरुले आफ्नो अभिभावकसँग धेरै रकम डोनेसन बक्समा राख्नका लागि खेल खेलाएर मनोरञ्जन दिलाए, आफ्ना बाबुनानीहरुलाई हौसला भर्न अभिभावकले पनि खुलेरै सहयोग गरे । उक्त दिनमा विद्यालयले पहिलोपटक विज्ञान प्रदर्शनी समेत गरेको थियो । विद्यालय सञ्चालक शैलेन्द्रकुमार झाले विज्ञान प्रदर्शनीमा नै मनोरञ्जनात्मक खेलहरु राखेको स्मरण गर्दै आज उक्त कामको प्रतिफल पाएको बताए ।

विद्यालयको प्रार्थना समयमा नै सम्पन्न उक्त रकम हस्तान्तरण कार्यक्रममा सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई संयुक्त रुपमा प्रमुख अतिथि बनाईएको थियो । कार्यक्रममा संयुक्त रुपमा प्रहसन गर्दै विद्यालयका विद्यार्थीहरुलाई हौसला थपेका थिए । आफूहरुको अभियान नेपाल आमालाई हसाउँने अभियान हो भन्दै त्यो अभियानको महत्वपूर्ण अभियान्ता एआइए स्कुल बनेको चर्चा गर्दै कुञ्जना घिमिरे ९सुन्तली०ले प्रशंसा गरेकी थिईन् ।

कार्यक्रममा सिताराम कट्टेल ९धुर्मुस०ले सहयोगी सम्पूर्ण विद्यार्थी शिक्षक तथा अभिभावकहरुलाई आफुले सहयोग गरेको रंगशालामा भएको काम हेर्न चितवनमा निमन्त्रणा गरेका थिए। खेलकुद पत्रकार प्रकाश तिमल्सिनाले विद्यालयको स्रानियकामको प्रशंसा गर्दै आफूपनि गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानमा जोडिएरै अगाडी बढ्न चाहेको बताएका थिए ।

देशका लागि स्वर्णपदक विजेताहरु ओलम्पिक खेलाडीहरु समेत उपस्थिती उक्त कार्यक्रममा ओलम्पियन दिपक विष्टले यस्तो एआईएले मात्र नभई अन्य विद्यालयले पनि सिक्नु पर्ने बताएका थिए । प्याप्सन जस्ता संस्थाहरुले यस्ता कामको नेतृत्वनै गर्नु पर्ने बताएका थिए ।

विद्यालयका प्रिन्सिपल विमल घिमिरेले आफ्नो विद्यालयले गरेको सानो कामलाई यती धेरै महत्व दिएर धुर्मुस सुन्तली लगायतका महत्वपूर्ण मिडिया आएकोमा भविश्यमा अझ राम्रो काम गर्ने उर्जा मिलेको बताएका थिए ।

कार्यक्रममा विद्यालयको पूर्वविद्यार्थी समाजका अध्यक्ष समेत रहेका समुन्द्र तिमल्सिनाको पहलमा १५५४ डलर उठेको थियो भने विद्यार्थीहरुले खाजाको रकम कट्टा गरेरै डोनेसन बक्समा जम्मा गरेका थिए । एआईए मा कार्यरत सम्पूर्ण शिक्षक कर्मचारीहरुले एक दिनको तलव धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग स्वरुप प्रदान गरेका थिए । उक्त कार्यक्रममा तीन लाख चालिस हजार दुई सया रुपैँयाको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ओलम्पियन स्वर्ण पदक विजेता दिपक विष्ट, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा साग स्वर्ण पदक विजेता दिपक श्रेष्ठ, किर्तिमानी स्वर्णपदक विजेता टेकन्वान्दो खेलाडी आयशा शाक्य, ओलम्पियन स्वर्ण पदक विजेता भारत्वलन खेलाडी कमल बहादुर अधिकारी, कृर्तिमानी स्वर्णपदक विजेता कराँते खेलाडी मण्डेकाजी श्रेष्ठ, साग स्वर्ण पदक विजयी कराँते खेलाडी अनु अधिकारी लगायतको उपस्थिती थियो ।
साथै अतिथीको रुपमा बरिष्ट पत्रकार टंक पन्त,पत्रकार रामसुधन तिमल्सिना, गायक राम चन्द्र चन्द लगायतको उपस्थिती थियो ।
कार्यक्रमको संचालन कृष्ण प्रसाद गैरेले गरेका थिए भने कार्यक्रम सन्देश बस्याल को सभापतित्वमा सम्पन्न भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस