त्रिविले कुशल नेतृत्व निमार्ण गर्ने कारखाना बन्द गर्ने कुचेष्ठा गर्यो : नेता पराजुली

फागुन ७,काठमाडौँ । अनेरास्ववियुका नेता सुदेश पराजुलीले त्रिभुवन विश्वविद्यालयले (स्वतन्त्र)विद्यार्थी) युनियनको निर्वाचन रोकेर असल लोकतान्त्रिक मुल्य मान्यताको धज्जी उडाएको बताएका छन । उनले अनलाईनकेन्द्रसंग स्ववियु निर्वाचन रोक्नमा नेबिसंघको समेत हात रहेको बताउदै भनेका छन– कुरालाई घुमाउरो पाराले मलजल गर्ने ने.बि संघलाई पनि समयले गतिलो झापट हान्ने नै छ । नेता पराजुलीले त्रि.वि.प्रशासनले असल र कुशल नेता–नेतृत्व निमार्ण गर्ने कारखाना बन्द गर्ने कुचेष्ठा गरेको दावी समेत गरेका छन ।

नेता पराजुलीले समाजिक सञ्जालमा समेत लेखेका छन – “कुनै बेला राजाको कालो शासन कालमा पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको थियो,त्यही समयमा स्ववियुको निर्वाचनबाट लोकतान्त्रिक गणतन्त्रको जग बसेको कुरा घाम जस्तै छर्लङ्ग छ । आम जनता र आफ्नो समुदायको अधिकारलाई स्थापित गर्ने स्ववियुलाई आज काही न कतैबाट कम्जोर बनाउने दुष्प्रयास हुदैछ । लोकतान्त्रिक गणतन्त्रको मुल्य,मान्यता बोकेको सरकारको नुन खाएर पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गर्ने त्रि.वि.का पदाधिकारीलाई त्यो कुर्सीमा बस्ने नैतिकता कसरी प्राप्त होला ? विद्यार्थी आन्दोलनलाई कमजोर बनाउने शैक्षिक माफियाको हन्डी खाएर त्यो कुर्सीको मर्यादा र गरिमा कसरी जोगिएला र आजको व्यवस्थामा ।”

संम्बन्धित समचार

Leave a Reply