माच्छापुछ्रे बैंक कर्पोरेट सुपर सिक्सेसको उपाधि कामना सेवा बैंकलाई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन ७, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फागुन ७,काठमाडौँ । माच्छापुछ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्सको उपाधि कामना सेवा बिकास बैंकले जितेको छ । गत शनिबारदेखि काठमाडौँको कीर्तिपूर स्थित अन्तराष्ट्रिय रंगशालामा जारी माच्छापुछ्रे बैंक कर्पोरेट सुपर सिक्स सिजन सिक्स अन्र्तगत बुधबार भएको फाईनल खेलमा भारतिय राजदुताबास लाई ८ रनले हराउदै कामना सेवा विकास बैंकले उपाधि जितेको हो ।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै कामना सेवा विकास बैंकले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय राजदूतावासले पुरा ५ ओभर ब्याटिंग गर्दै ५४ रन मात्र बनाउन सक्यो ।  भारतीय राजदूतावासको लागि सुभास सिंहले २८ तथा निरजकुमार सिंहले ११ रन बनाए । कामना सेवा विकास बैंकको बलिंगमा हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान एक/एक विकेट लिए ।  यसअघि कामना सेवा विकास बैंकले ५ ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाएर ६२ रन बनाएको थियो ।

कामनाको लागि हेमन्त श्रीवास्तवले सर्वा्धिक ३३ रन बनाए । जुन क्रममा १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सुरेश उप्रेतीले १३ रन बनाए । भारतीय राजदूतावासका बलर निरज सिंहले १ विकेट लिए ।  यसअघि सम्पन्न पहिलो सेमीफाइनलमा भारतीय राजदूतावासले एनसेल ए लाई १९ रनले पराजित गरेका ेथियो । यस्तै कामना सेवा विकास बैंकले सिभिल बैंकलाई १५ रनले पराजित गरेको थियो ।  फाइनल खेलको प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका हेमन्त श्री वास्तव चुनिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी कामना सेवा विकास बैंकका हेमन्त श्री वास्तव चुनिए जसले प्रतियोगिताभर कुल २ सय ५ रन बनाउनुको साथै ४ विकेट लिए । यस्तै उत्कृष्ट बलर प्राइम कर्मसियल बैंकका विवेक दली चुनिए । उत्कृष्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए । उत्कृष्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृष्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली चुनिए । फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो । प्रतियोगिता कै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरजति मिल्सिना रहे ।
विजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, माच्छापुछ्रे बैंकका सीइओ सुमन शर्माले पुरस्कार प्रदान गरे ।

फाल्गुन ३ गतेदेखि सुरु भएको  प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस