जनकपुर, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पहिलो जन वर्गीय सङ्गठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन)को प्रदेश २ को प्रदेश कमिटी जनकपुरमा बुधबार एक कार्यक्रमका बिच घोषणा गरिएको छ ।
नेकपा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलको प्रमुख आतिथ्यतामा आज ३९ सदस्यीय कमिटी निर्वाचित भएका छन। जनकपुरमा आयोजित पिनको प्रादेशीक प्रथम भेलाले इ. सागर चौधरीको अध्यक्ष्यतामा गठित कमिटीमा प्रदेश २ का ८ जिल्लाका अगुवा इन्जिनियर नेताहरु समेटिएका छन् । सबै निर्वाचित पदाधिकारीहरुलाई पिनका इन्चार्ज मनोजजङ थापाले पद तथा गोपनियताको सफत गराएका थिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य घनेन्द्र बस्नेत, सुमन प्याकुरेल, सुधिर साह, सांसद मन्जु यादव, सांसद किशोरी झा, पिन महासचिव डा. हरि पराजुली, नेताहरू शिव मङल गिरि, सन्जिब रोकाहा, ब्रज किशोर मण्डलले सम्बोधन गरेका थिए ।
प्रदेश २ मा पिन कमिटी गठनले नयाँ उर्जा थपेको पिनका नेताहरुको दाबी छ ।