पूर्वेली म्युजिक अवार्डको आवेदन फारम फागुन १८ सम्म

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन ८, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फाल्गुण ८, इटहरी । पूर्वेली लोक गीत तथा बिभिन्न भाषा र संस्कार संस्कृतिको सम्मान गर्ने उद्धेश्यका साथ मोफसलमै पहिलोपटक सर्बाधिक बिधा समेटिएको पूर्वेली म्युजिक अवार्ड २०२० को आवेदन फारम खुल्ला गरिएको आयोजकले जानकारी दिएको छ । पूर्वेली लोक गीत तथा बिभिन्न भाषाभाषीहरूको गितहरू गरी २३ बिधामा आवेदन फारम भर्न सकिने आयोजकले बताएको छ ।

२०७० बैशाख १ गते देखि २०७५ चैत्र मसान्त सम्म बजारमा आएका सिर्जनालाई समावेश गर्न पाउने छ । अवार्डमा उत्कृष्ट नयाँ गायक, बर्षको उत्कृष्ट गीत, उत्कृष्ट प्रस्तुति (पुरुष) उत्कृष्ट प्रस्तुति (महिला) उत्कृष्ट आवाज, उत्कृष्ट संगित, उत्कृष्ट शब्द, उत्कृष्ट लय, उत्कृष्ट शब्द लाई अवार्ड प्रदान गरिने छ ।

बिभिन्न भाषाभाषीहरूको सम्मान गर्ने उद्धेश्यका साथ उत्कृष्ट लिम्बु गीत, उत्कृष्ट तामाङ गीत,उत्कृष्ट शेर्पा गीत, उत्कृष्ट मगर गीत, उत्कृष्ट राई गीत, उत्कृष्ट गुरुङ गीत, उत्कृष्ट मैथिली गीत,उत्कृष्ट थारु गीत, उत्कृष्ट राजबंशी गीत, बर्षको उत्कृष्ट गीत, उत्कृष्ट भिडियो, उत्कृष्ट दृश्य सम्पादन, उत्कृष्ट भिडियो सम्पादन, उत्कृष्ट मोडल महिला र पुरुष दुबै बिधामा आवेदन फारम भर्न सकिने पूर्वेली मिडिया नेटवर्क प्रालिका अध्यक्ष सुरेशचन्द्र दाहालले बताएका छन् ।
आबेदन फारम अनलाइनमा खल्ती एप डाउनलोड गरी भर्न सकिनुका साथै इटहरी, पूर्वेली मिडिया नेटवर्क, पूर्वाञ्चल डिजिटल रेकडिङ स्टुडियो, धरान स्थित म्यूजिक मिडिया रेकडिङ स्टुडियोको कार्यालयबाट प्राप्त गर्न सकिनुका साथै ९८५२०६३७६४ राजन क्षेत्री, ९८१६९३११२२ बिपिन लिम्बु, ९८५२०५७६५४ सुरेश दाहाल , ९८४२०९७५५४ रूद्र श्रेष्ठ सँग सम्पर्क गरी भर्न सकिने ब्यावस्था मिलाइएको आयोजकले जनाएको छ ।

फोटो : फाईल

ताजा अपडेट

खोजी गर्नुहोस