सरकार प्रवक्ताको राजिनामापछि प्रधानमन्त्री र नेकपा अध्यक्ष प्रचण्डको भेट हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ९, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन ९,काठमाडौँ । प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता हुदैछ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा अहिले केही बेरमा छलफल हुन लागेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा दुई शिर्ष नेताबीच छलफल हुन लागेको हो । घुसकाण्डको विवादस्पद अडियो प्रकरणमा मुछिएका तत्कालिन सुचना तथा संचारप्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजिनामा आएपछिको अवस्थामा अब कसरी अगाडी बढ्ने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

यसअघि आज विहान भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफल हुन लागेको जानकारी दिएका थिए । ‘प्रधानमन्त्रीले मलाई विहान ९ बजे बालुवाटार आउन भन्नु भएको थियो’, उनले भने ,‘यही साढे ९ बजिसक्यो, त्यसैले मैले हतारमा बोल्नुपरेको हो ।’ उनले भेटमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस