हाइड्रोपावरहरुले नाफा कमाउन थाले, धेरैको रिजर्भ, इपीएस पनि बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरु पनि अब विस्तारै प्रगतिको पथमा लम्किन थालेका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा धेरै कम्पनीहरुले नाफा वृद्धि गरेका छन् । रिजर्भ कोष, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ लगायतका महत्वपूर्ण वित्तीय सूचकहरुमा पनि प्रगति हासिल गरेको देख्न सकिन्छ । तथापि, कतिपय भने अझै नोक्सानमा रहेको पनि देखिन्छ ।

पुस मसान्तसम्म आइपुग्दा सूचीकृत २९ हाइड्रोपावर कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेप्सेमा हाल ३२ वटा जलविद्युत (हाइड्रोपावर) कम्पनी सूचीकृत भए पनि ३ वटाले भने अहिलेसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन नगर्नेमा जोशी, घलेम्दी, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस