होटल व्यवसायीलाई एक्सेलट्रिपको साथ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १०, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण १०, काठमाण्डौ । कोरोना भाइरस महामारीका कारण विश्व पर्यटन बजारमा पर्यटकको सङ्‌ख्यामा आएको गिरावटबाट नेपालसमेत प्रभावित बनेको छ । नेपालको पर्यटन बजारलाई सवल बनाउन भिजिट नेपाल २०२० को राष्ट्रिय अभियानको बजारीकरणलाई प्रवर्द्धन गर्न तथा डिजिटल बजार र अनलाइन बुकिङको महत्त्वबारे होटल व्यवसायीलाई जानकार तथा जागरूक बनाउन एक्सलट्रिपले पहल थालेको छ ।

अनलाइन बुकिङको महत्त्वबारे होटल व्यवसायीलाई घरदैलो अभिमुखीकरण सँगसँगै एक्सलट्रिपले नेपालका आफ्ना सूचीकृत होटलका निम्ति घरेलु तथा अन्तर्राष्ट्रिय पर्यटक बढाउनका लागि सोसियल मिडिया अभियानको रणनीति लिएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस