नुवाकोट पुगेर मुख्यमन्‍त्री पौडेलले भने-“समयमै काम सक्नुस्”

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ फागुन १०, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण १०, नुवाकोट । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सडक निर्माण गुणस्तर र समयमै काम सक्‍न ठेकेदारलाई निर्देशन दिएका छन् । बिहीबार शिवपुरी गाउँपालिका ६ स्थित गुर्जेभन्ज्याङ–समुन्द्रदेवी–लिखु पुल–मानेभन्ज्याङ–दुप्चेश्‍वर सडक शिलान्यास गर्दै मुख्यमन्‍त्री पौडेलले उक्त निर्देशन दिएका हुन् । ठेकेदारहरुले योजना अलपत्र पार्ने, सम्झौता अवधिभित्र काम नसक्नेजस्ता समस्या रहेको उल्लेख गर्दै उनले अब त्यसबाट मुक्त हुनुपर्ने बताए ।

प्रतिनिधि सभा सांसद हितबहादुर तामाङले पनि सडकको गुणस्तरीय काम हुनुपर्नेमा जोड दिए । उनले समान ढंगले व्यवहार गर्न र आवश्यकताका आधारमा कार्यक्रम र बजेट व्यवस्था गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । ‘समानता र न्यायका साथ खुट्टा नलर्बराइकन मुख्यमन्‍त्रीज्यू अगाडि बढ्नस्’ संघीय सांसद तामाङको आग्रह थियो । सांसद तामाङले ठेकेदार र कर्मचारी जिम्मेवार बन्‍नुपर्ने बताए । सडक सञ्‍जालले सबै क्षेत्रलाई विकासको मुहार फेर्ने संघीय सांसद नारायणप्रसाद खतिवडाले बताए ।

प्रदेश सरकारको लगानीमा बन्‍न लागेको गुर्जेभन्ज्याङ मानेभन्‍ज्याङ दुप्चेश्‍वर सडक २३ करोड ८२ लाख रुपैयाँ ठेक्का लगाइएको छ । गत मंसिर १७ मा सम्झौता भएको ८ किलोमिटरको उक्त सडक ०७८ साल मंसिर १६ मा सम्पन्‍न गर्ने लक्ष्य छ ।

ताजा अपडेट

खोजी गर्नुहोस