पशुपतिमा फूलको रङ्गीचङ्गी टिकेन : बाँदर जत्तिको नी बुद्धि भएन मान्छेको !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १०, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, काठमाण्डौ । महाशिवरात्रिलाई विशेष बनाउन सजाइएको पशुपतिनाथको मन्दिरका फूल गायब भएको छ । बाँदर समेतले केहि नगरेको फूल रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी चिन्तित बनेका छन् ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले पशुपतिनाथलाई फूलैफूलले सजाउन करिव दुई करोड रुपैयाँ खर्चिएको समेत बताए । कोषका सदस्य सचिव ढकालले भने ‘बाँदर पुग्ने ठाउँका फूल सुरक्षित छन् तर धर्मका लागि मन्दिर पुगेका मानिस देखादेखि फूल बोकेर जान्छन् । मन्दिर पुगेर घर फर्किने उनिहरुको संस्कार कस्तो ।’

सजावटका लागि ल्याइएका फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो । फूल हाक्काहाक्की मानिसहरुले बोकेर हिडेपनि नियन्त्रण गर्न नसकिएको सदस्य सचिव ढकालले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस