मन्त्रीमण्डल पुनर्गठनको चर्चा : सुभाष नेम्बाङ र महेश बस्नेतको सम्भावना कति ? अर्थमन्त्री को होलान् !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १०, शनिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, काठमाण्डौ । सेक्युरीटी प्रेस खरिदमा कमिसन काण्ड लागेपछि प्रधानमन्त्रीका विश्वास पात्र गोकुल बास्कोटाले राजीनामा दिएपछि २ वटा मन्त्रालय अहिले खाली रहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शहरी विकास मन्त्रालयको दोहोरो जिम्मेवारी सम्हालिरहेका बास्कोटा घर फर्किएसँगै यी दुबै मन्त्रालय खाली भएका हुन् । यद्यपी अहिलेका लागि सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडा र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङले सम्मालिरहेका छन् ।

यसैबीच फागुन २० गते अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रिय सभाको कार्यकाल पनि सकिँदैछ । यहि बिचीमा राष्ट्रिय जनता पार्टी (राजपा)लाई सरकारमा ल्याउनेबारे पनि बहस भैरहेको छ । वातावारण बनेमा सरकारमा सहभागीताबारे सोच्न सकिने राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नै भनिसकेका छन् ।

राजपा सरकारमा सहभागी भएको खण्डमा दुई वटा मन्त्रालय उसलाई दिने सम्भावना रहन्छ । अन्यथा अहिले खाली रहेका मन्त्रालयहरुमा नयाँ मन्त्री नियुक्त हुनेछन् । गोकुल बास्कोटाले हात धुनु परेको सञ्चार मन्त्रालयमा पूर्व सभामुख सुभाष चन्दै नेम्बाङलाई ल्याउने तयारी भैरहेको नेकपा श्रोतले बताएको छ । थोरै बोल्ने र सबैलाई रिझाउने प्रयास गर्ने पूर्व सभामुख नेम्बाङलाई उप प्रधानमन्त्रीसहित सञ्चार मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । नेम्बाङलाई अघि सारेर सरकारकै छवि सुधार्ने र सञ्चार क्षेत्रसँगको सम्बन्धलाई पनि सुधार गर्नुपर्ने निष्कर्षमा ओली पुगेको श्रोत बताउँछ ।

उता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी भने महेश बस्नेतलाई दिने तयारी भएको छ । अहिले सो मन्त्रालय सम्हालिरहेका बसन्त नेम्बाङलाई भने शहरी विकास मन्त्रालयको जिम्मेवारीमा पठाइनेछ । आफ्ना निकटका कार्यकर्ताहरुको संरक्षणमा बिशेष ध्यान दिने ओलीले महेश बस्नेतको राजनीतिक उचाई थप बढाउनका लागि भौतिक मन्त्रालयमा पठाएर सुधारका काम गराउने योजना बनाएको श्रोत बताउँछ । ओलीले पार्टी भित्रको आन्तरिक गठजोड मिलाउन पनि बस्नेतलाई खटाउने गरेका छन् । बरिष्ठ नेता माधव नेपालको तेश्रो वरियता खोस्ने, बामदेव गौतमलाई उपाध्यक्ष बनाउने तथा ओली र प्रचण्डलाई एक ठाउँमा ल्याउने पछिल्लो कामको नेतृत्व पनि बस्नेतले नै गरेका थिए । यतिबेला पार्टीभित्र अल्पमतमा परेर असुरक्षा महशुस गरिरहेका ओलीले पुनः उनै बस्नेतलाई अघि सारेर माधव नेपालसँगको दुरी घटाउने प्रयास पनि गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस