कोरौँ मुहार चित्र’को दोस्रो शृङखलामा कुलपति रायन

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • ५८ पटक पढिएको
Post Thumbnail

फागुन १०,काठमाडौँ । जलरङमा कुचि चोपेर चित्र सिर्जना गर्ने चित्रकारको प्रयासमा शुरु भएको ‘कोरौँ मुहार चित्र’ अभियानको दोस्रो शृङ्खलामा कलाकारले आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’लाई उभ्याएका छन्प्ष् कार्यालय बालुवाटारमा उपस्थित कलकारले विभिन्न कोणबाट रायनको ‘मुहार चित्र’ उतारेका छन् । अन्तरराष्ट्रिय जलरङ समाज नेपालको आयोजनामा साप्ताहिक शृङ्खला अन्तरगत शनिबार प्रत्यक्ष मुहार चित्र बनाउन अभियान थालिएको हो ।

गत शनिबार कलाकारले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यको मुहार चित्र सिर्जना गरेका थिए । चित्रकलाका विधामध्ये मुहार चित्र (पोट्रेट) चुनौतीपूर्ण विधा हो । दृश्यमा यताउता भए पनि मुहार चित्रको मसिना पक्ष महत्वपूर्ण मानिन्छ । विश्वमा मुहार चित्र बनाउने विधा प्रख्यात भएपनि नेपालमा खासै व्यावसायिक छैन । त्यसैले सीपको विकाससँगै विधालाई स्थापित गर्ने आफूहरुको उद्देश्य रहेको समाजका नेपाल अध्यक्ष एनवी गुरुङले बताए ।

नेपाली चित्रकारको रुचि दृश्य चित्रमा बढी छ । कहिले काहीँ उनीहरुले नै मुहार चित्र बनाउँछन् । त्यही दृश्य चित्र बनाउने कलकारहरु नै अहिले मुहार चित्रलाई व्यावसायिक रुपमा अघि बढाउन लागि परेका छन् । आजको दोस्रो शृङ्खलामा कलाकारहरु एनवी गुरुङ, डिराम पाल्पाली, दिपेन्द्रमान बनेपाली, लालकाजी लामा, विनोद गुग्तालगायतको सहभागिता थियो ।

उक्त कार्यक्रमको उद्घाटनका क्रममा कुलपति रायनले कलाकारहरुबाट राम्रो अभियानको शुरुआत भएको बताउँदै यसले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।रासस

ताजा अपडेट

खोजी गर्नुहोस