साउन १६,काठमाडौँ । ऐतिहासिक एक दिवसीय क्रिकेट खेलिरहेको नेपालले तेस्रो सफलता हात पारेको छ ।
नेपालका लागि सन्दीप लामिछानेले १२.२ ओभरमा स्टेफन माइबर्गलाई आउट गरेका हुुन् । उनले ३२ बलमा ४ चौका र एक छक्कासहित २९ रन बनाएका छन् ।
यसैगरी पहिलो विकेट सोमपाल कामीले लिएका थिए । उनले डेनियल बाराकलाई आउट गरे । उनले १ रन मात्रै बनाएका थिए ।
नेदरल्याण्ड्सको स्कोर ५० रनहुँदा दोस्रो विकेट गुमाएको थियो । नेपालका कप्तान पारस खड्काले २० रन बनाएर क्रिजमा रहेका बेन कूपरलाई एलबीडब्लू आउट गरेका थिए ।