उपसभामुख निर्वाचन अन्योलमा : नेकपाले राजनीतिक सहमतिको बाटो खोज्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ११, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फाल्गुण ११, काठमाण्डौ । सभामुखको गाँठो फुकाउन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने देखिएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् । संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले उनलाई राजीनामा गराएर आफ्नो दलबाट नै सभामुखमा अग्नि सापकोटालाई निर्वाचित गरेको थियो ।

फरक दलको व्यक्तिलाई उपसभामुख बनाउने विषयमा भने नेकपाले राजनीतिक सहमतिको बाटो रोजेको छ । राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेको राष्ट्रिय जनता पार्टी ९राजपा०लाई सरकारमा सहभागी गराउने र उपसभामुख बनाउने नेकपाको प्रस्ताव राजपाले अस्वीकार गर्दा उपसभामुखको निर्वाचन अन्योलमा परेको हो ।

संविधानको धारा ९१ मा सभामुख र उपसभामुखको चयन गरिने व्यवस्था छ । सो धाराको उपधारा १ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्ने उल्लेख छ । सोही धाराको उपधारा २ मा १ बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनेगरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरकफरक दलको प्रतिनिधि हुनुपर्ने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस