कोरियामा रहेका नेपालीलाई सावधानी अपनाउन दुतावासको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ११, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण ११, काठमाडौं । दक्षिण कोरियामा रहेको नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरुलाई कोरोनाको संक्रमण हुन सक्ने सचेत गराउँदै विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ– हाल सबैभन्दा धेरै संख्यामा संक्रमितहरु देखापरेका थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरु, अन्य पेसा, व्यवसाय र श्रम गरी बसेका नेपालीहरुलाई विशेष सावधानी अपनाउन पनि राजदूतावास अनुरोध गर्दछ ।” कोरियामा अहिले कोरोना संक्रमितहरुको संख्या चारसय नाघिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस