नेपाली बजारमा सुन चाँदीको नयाँ किर्तिमानी, तोलाको ८० हजार नाघ्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १२, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण १२, काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यले हरेक दिन कीर्तिमानी अंक कायम गरेको छ । सोमबार सुन तोलाको ८० हजार ३ सयमा कारोबार भइरहेको छ।

नेपाली सुन चाँदी व्यवसायी संघकाअनुसार सुनको मूल्य इतिहासमै पहिलो पटक ८० हजार नाघेको हो। आइतबारको तुलनामा सोमबार बजारमा सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ ।

यसअघि आइतबार बजारमा सुन तोलाको ७८ हजार ८ सयमा कारोबार भएको थियो । सोमबार तेजावी सुन तोलाको ८० हजारमा कारोबार भइरहेको छ। चाँदी प्रति तोलामा ५ रुपैयाँ बृद्धि भएर ९२५ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस