अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

फाल्गुण १२, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको गुजरातस्थित अहमदाबाद पुगेका छन् । विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्लाई अँगालो हालेर स्वागत गरे । उनका लागि २२ किलोमिटर रोड शो पनि गरिएको छ ।
सोमबार नै दुबै नेता अहमदाबादमा रहेको साबरमती आश्रम भ्रमण गर्नेछन् । राष्ट्रपतिको रुपमा ट्रम्प पहिलो पटक भारत भ्रमणमा आएका हुन् । ट्रम्प सँगै उनकी श्रीमती मेलानिया, छोरी इवान्का र ज्वाँइ जैरेड कुशनर भारत भ्रमणमा आएका छन् । अमेरिकी राष्ट्रपति अहमदाबादमा २३० मिनेट रहनेछन् ।

संम्बन्धित समचार

Leave a Reply