फाल्गुण १२, बिराटनगर । नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट इन्जिनियरहरु को संस्था प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिइएन) को १ नम्बर प्रदेश कमिटी गठन भएको छ । सनिवार बिराटनगर नेकपाको पार्टी कार्यलय पाञ्चालिमा भएको इन्जिनियरहरुको भेलाबाट इ।दिपक पौडेलको अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीमा उपाध्यक्ष सचीव कोषाध्यक्ष क्रमश इ। प्रदीप नेपाल, इ।गणेश अर्याल , इ।हसरत अलि नेपाल चयन भएका छ्न ।
सोही कमिटीबाट नौ सदस्यीय सचिवालय पनि बनाएको छ जसमा इ।जानप घिमिरे , इ।मनोजकुमार गुरागाइ ,इ।प्रकाशचन्द्र खतिवडा ,इ।कमलेश्वर ठाकुर ,इ देबेन्द्र अधिकारी ,इ डेगराज पौडेल ,इ पवन झा, इ फडिन्द्र निरौला ,इ।सप्पन थापा मगर छ्न भने इ सुजन दाहाल,इ सन्दीप दाहाल,इ अनुभव पोख्रेल ,इ महेन्द्र बास्कोटा,इ सुवास आचार्य लगायत सदस्यहरु रहेका छ्न । नव कमिटीलाई बधाई दिदै कार्यक्रमका प्रमुख अतिथि नेकपाको १ नम्बर प्रदेश कमीटी इन्चार्ज भिम आचार्यले इन्जिनियरहरुले समृद्व प्रदेश बनाउने अभियानमा जुनसुकै क्षेत्रमा विशेष भुमिका खेल्नु पर्ने र इन्जिनियरहरुको सहयोगका पार्टी लागीपर्ने बताए ।
भेलामा नेकपाका प्रदेश कमिटी अध्यक्ष देबराज घिमिरे ,केन्द्रिय सदस्यहरु हिक्मत कार्की महेस रेग्मी ,गोपिबहादुर अछामी,पिइएनका १ नम्बर प्रदेश इन्चार्ज डा।भेषराज थापा नेकपा मोरङ अध्यक्ष ऋषिकेस पोख्रेल ,सचिव सुशील उप्रेती आतिथ्य रहेको थियो । भेलामा प्रदेश नम्बर १ को १४ वटा जिल्लाबाट २ सय पचास भन्दा बढि इन्जिनियरहरु सहभागी भएका थिए ।
समृद्धि नेपाल सुखी नेपाली को अवधारणालाई आत्मसात गर्दै इन्जिनियरहरुको हक हितमा सदैब लागी पर्ने नव गठित कमिटीको उपाध्यक्ष इ।प्रदीप नेपालले बताए । पुर्व एमाले र माओवादी पार्टी एकता भएपछि इन्जिनियरहरुको प्रदेश नम्बर १को पहिलो कमिटी बनेको हो ।