फड्को मार्दै वायुसेवा निगम : चैतभित्रै नेपाल एअरलाइन्सका विमान कोरिया र जापान उड्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण १७, बिहिबार (६ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

साउन १७,काठमाडौँ । नेपाल वायुसेवा निगमका विमान आउँदो चैतसम्म दक्षिण कोरिया, साउदी अरेबिया र जापानसम्म पुग्ने भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सार्वजनिक गरेको एकवर्षे कार्ययोजनामा निगमका विमानले यसै वर्ष्भित्र जापान, साउदी अरेबिया र जापानसम्मको उडान गर्ने उल्लेख छ । अहिले भित्राएका २ वटा वाइडबडी जहाजले जापान, कोरियालगायतका लामो दूरीमा सेवा दिने निगमले जनाएको छ ।

निगमले जापानसँग नेपाली जहाज उडानको सम्झौता समेत गरेको छ । यस्तै मन्त्रालयले आज सार्वजनिक गरेको कार्ययोजनामा यसै वर्ष्भित्र ६ वटा साना र २ वटा ठूला विमान किन्ने गरी निगमलाई टेन्डर आह्वान र खरिद आदेश दिने उल्लेख छ ।

६ वटा साना विमानले देशभित्र सेवा दिने र २ वटा न्यारो बडी जहाजले अन्रतर्रा्ष्ट्रिय सेवा दिनेछन् । यस्तै चैतभित्रै अन्तर्रा्ष्ट्रिय उडान गर्ने सबै जहाजले दैनिक १४ घन्टा उडान गर्नैपर्ने, नेपाल आएको दोस्रो वाइडबडी जहाजले भदौभित्र उडान थाल्ने र सबै विमानको लागि प्राविधिक जनशक्ति पूरा गर्ने पनि कार्ययोजनामा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस