थाक्रे माँन्खुका आधुनिक गायक प्रदिप रुपाखेती अचेल के गर्दैछन् ?

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन १३, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

धादिङ । आधुनिक नव गायक प्रदिप रुपाखेती पछिल्लो समय मिडियाको क्षेत्रमा निकै चर्चामा आएका छन् । उनको पहिलो गीत चोट बाट गायन यात्रालाई सुभारम्भ गरेका गायक रुपाखेतीले पछिल्लो समय करिव आधा दर्जनजति गित बजारमा लिएर आईसकेका छन् । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ मान्खुमा जन्मिएका गायक रुपाखेतीका दिनचर्याहरु कसरी बितिरहेका छन् ? गायक प्रदिपसँग गरिएको कुराकानी :

आफ्नो बारेमा बताउनुपर्दा ?
निरन्तर रुपमा आधुनिक गित सँगीत क्षेत्रमा लागीरहेको छु, धादिङको अलि कम बिकसित थाक्रेको मान्खुमा जन्मिएको म, सामान्य परिवारमा हुर्के पनि अहिले यो सँगीत क्षेत्रलाई निरन्तर अगाडी बढाईरहेको छु । म बिद्यालय देखि गाउँघरमा हुने कार्यक्रममा पनि गीत गाएर सहभागी हुने भएकाले नै मलाई गाउँमा प्रदिप रुपाखेती भनेर चिनिन सफल भए । अब गाउँ हैन राष्ट्रिय रुपमै चिनिन पर्छ भन्ने हेतुले अहिले सँघर्ष गरिरहेको छु ।

तपाई यो क्षेत्रमा कसरी प्रवेश गर्नुभयो  ?
हरेक मान्छेलाइृ भगवान्ले एउटा न एउटा कला दिएको हुन्छ भन्छन् । सायद मलाई पनि गायन क्षेत्रमा लाग्न प्रेरणा दिएकाले नै अहिले यो क्षेत्रमा बिगत ५ बर्ष देखि निरन्तर रुपमा लागी रहेको छु । बाल्यकाल देखि नै बिद्यालयदेखि हरेक साँस्कृतिक कार्यक्रममा सहभागी भईरहने भएकाले पनि अहिले पछिल्लो समयमा आएर सँगीत क्षेत्र मै मन गएर यस क्षेत्रमा प्रवेश गरेको हुँ, खासै प्रेरणा दिने त कोहि पनि छैनन् ।

तपाई अब यहि क्षेत्रलाई नै आफ्नो पेशा बनाएर अगाडी बढ्नुहुन्छ की ?
अब अग्रज कलाकारहरुले यो सँगीत क्षेत्रमा निकै सँघर्ष गर्नुपर्छ भनेर भनि त रहनुभएको छ , तर पनि म हारेको छैन । म त भन्नैपर्दा बामे सर्दै गरेको बालक जत्तिकै हुँ हैन ? अब सँघर्ष गरिरहने हो एक दिन त सफल भईएला भन्ने मनमा अठोट छ । अब मेरो यो गायनसँगसँगै भागवत, सप्ताह बाचनमा पनि सहभागी हुनेभएकाले यसले पनि टेवा पुग्नेमा बिश्वास छ ।

तपाईको जिवनमा दुःखका क्षण अनि गर्व गर्न लायक क्षणहरु छन् ?
सामान्य रुपमा हुर्केको मान्छे हुँ, दुख अनि सुखका कुरा त धेरै लामो छन्, तैपनि त्यस्तो क्षणहरु भन्नुपर्दा मेरो पहिलो गित चोट बजारमा आएपछि मलाई धेरै माया गर्ने दर्शक तथा स्रोताहरुले माया गरेर धेरै सल्लाह सुझाव दिनुभएको थियो । ठुलो खुसि जस्तो लाग्छ । अब दुखको कुराहरु त खासै सम्झन योग्य त छैनन् ।

यो क्षेत्रमा कसरी सफल हुन सकिएला ? हाम्रा पाठकहरुलाई भनिदिनुन ?
यो सँगीत क्षेत्रमा लागीसकेपछि पैसा धेरै नकमाईए पनि नाम र बजारमा चर्चा भने निकै पाईने रहेछ । अब यो क्षेत्रमा सँगीत क्षेत्रबारे नबुझी नजानी आउनेहरुलाई त अबश्य कठिन त छ नै, भोली सबै कलाकारहरुसँग परिचय भईसकेपछि भने सामान्य हुन्छ र आफ्नो जिवन पनि यसैमा ब्यतित गर्न कुनै ठुलो अठोट चाहिन्छ जस्तो मलाई लाग्दैन ।

दर्शक स्रोताले अब कुन गित सुन्न पाउने छन् ?
पहिलो कुरा त मेरा यस अघि आएका गितहरुलाई माया गरेर धेरै मन पराईदिनु भएकोमा धन्यवाद दिन चाहान्छु, अब तत्काले मेरो सान्नानी सान्नाली तिमीलाई नलिई जान्ननी भन्ने बोलको गीत चै अब छिट्टै बजारमा आउँदै छ । सम्भवत : अबको केहि महिनामा नै बजारमा आउने छ । आशा त यसलाई पनि दर्शक स्रोताले माया गरिदिनुहुनेछ ।

गित सँगीत क्षेत्रमा आईरहेका बिकृतिहरुलाई कसरी लिनुभएको छ ?
गित सँगीत निकै धेरै बजारमा आईरहेका छन् । तर यसको नियमन गर्ने खासै कुनै पनि निकाय छैन । यसमा मलाई पनि चिन्ता लाग्छ । अब यो बिकृति हटाउन बिषेश पहल गर्न जरुरी छ ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?
मेरा आधा दर्जन गितहरु बजारमा आएका छन् । यी गितहरु जति पनि आए सबै मनपराईदिनु भएको छ । यसमा मलाई गर्व लाग्छ । भोलीका दिनमा पनि आउने गितहरुलाई यसैगरि माया गरिदिनुहोला भन्न पनि चाहान्छु, र धन्यवाद पनि दिनु चाहान्छु । सँघर्ष गरिरहेको मान्छे हँु, अब पनि यसमै निरन्तर लागीरहने मेरो अठोट छ ।

ताजा अपडेट

खोजी गर्नुहोस