स्वर्गद्वारी विमानस्थल बनाउन इआइए प्रतिवेदन स्वीकृत

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ फागुन १४, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फाल्गुण १४, प्युठान । लामो समयदेखि चर्चामा रहेको स्वर्गद्वारी विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन स्वीकृत भएको छ । सोमबार वन तथा वातावरण मन्त्रालयमा मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको हो । विसं २०७१ सालबाट प्रक्रिया अगाडि बढेको विमानस्थल निर्माणको काम विभिन्न समस्या र राजनीतिक खिचातानीले रोकिए पनि अब यसको काम अगाडि बढेको छ ।

गत जेठ १५ गते बजेट भाषणमा स्वर्गद्वारी विमानस्थलको काम शुरु गरिने भनेअनुसार निर्माणको प्रक्रिया अगाडि बढेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का ५ नं प्रदेश सदस्य एवं युवा नेता विजयविराज विष्टले बताए । स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा विमानस्थल बनाउनका लागि गत माघ १३ र १४ गते उक्त स्थानको सर्भेको भएको थियो । अत्याधुनिक प्रविधि ड्रोनमार्फत चाल्नेटार विमानस्थलको सर्भे गरिएको नागरिक उड्डयन मन्त्रालयका कन्सल्टेन्ट उत्सव गौतमले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस