फाल्गुण १५, काठमाण्डौ । एनसेलले ‘अझै नजिकिन्छ सम्बन्ध’ योजनाअन्तर्गत ‘ह्याप्पीआवर अन रिचार्ज’ अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले १०० रुपैयाँ र त्योभन्दा माथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट पाउनेछन् ।
यो अफर बिहीबार (फागुन १५) देखि लागू हुनेछ । यस अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ९९ पैसा प्रतिमिनेट (कर सहित रु १।२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।
भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागू हुने कम्पनीले जनाएको छ । यो अफरका लागि *17106# डायल गरी सहभागी हुन सकिनेछ ।
अफरपछि रिचार्ज रकमकाआधारमा भ्वाइस सेवामा विभिन्न समयसीमा रहेका छुट लिन सकिनेछ । ग्राहकहरुले १०० रुपैयाँ रिचार्ज गर्दा ९९ पैसा प्रतिमिनेट छुटको ७ दिनका लागि पाउनेछन् । २००, ३०० र ५०० रुपैयाँ रिचार्ज गर्नेले क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् । १ हजार रुपैयाँ रिचार्ज गर्नेले ६० दिनका लागि छुट पाउनेछन् ।
यो अफर ९० दिन सम्म सञ्चालनमा रहनेछ ।आफुले लिएको अफरको समयसीमा थाहा पाउन ग्राहकले *17106*1# डायल गर्नुपर्नेछ ।