नेकपाले फेरि राख्न थाल्यो कार्ल मार्क्स र लेनिनका तस्बिर

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १५, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण १५, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले औपचारिक कार्यक्रममा कार्ल मार्क्स, लेनिनका तस्वीर राख्न थालेको छ । पार्टी एकतायता पार्टीको औपचारिक कार्यक्रममा उनीहरुको तस्वीर राखिएको थिएन ।

बिहीबार राजधानीमा आयोजित वागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेकपाले अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरुको तस्वीर राखेको हो । यसअघि औपचारिक कार्यक्रममा पार्टीका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको तस्वीर राखिदैँ आएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस