प्रधानमन्त्रीलाई भेटेरै शेखर कोईरालाले भने-“नैतिकताको आधारमा राजीनामा दिनुपर्छ”

फाल्गुण १५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन् । बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुटार पुगेका कोइरालाले झण्डै दुई घण्टा छलफल गर्दा राजीनामा दिन सुझाव दिएको कोइरालाको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। ‘शेखर दाइ बालुवाटार पुग्दा आठ बजिसकेको थियो । दाइले प्रधानमन्त्रीज्यूलाई सुरुमै म त हजुरले राजनीतिक नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर बाहिर पनि भनिरहेको छु’ शेखरलाई उदृत गर्दै थपलियाले भने । जवाफमा प्रधानमन्त्रीले के भन्‍नुभयो त भन्‍ने प्रश्नमा थपलियाले भने, ‘प्रतिपक्षले भन्‍ने यही त हो ।

म यस्ता कुरा बुझ्छु भन्‍नभयो ।’ उनीहरूबीच देशको वर्तमान राजनीतिक अवस्था र दुवैपार्टीको राजनीतिक विधिबारे पनि छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीलाई प्रतिपक्षी दलका नेताहरूले भन्दा पनि आफ्नै पार्टीका नेताहरूले असहयोग गरेको, नचाहिने हल्ला फैलाइरहेको भनेर शेखरसँग पनि गुनासो गरे। ‘तपाईंहरूले प्रतिपक्षमा भएकाले त भन्‍ने नै हुनुभयो,’ थपलियाले भने, ‘मलाई आफ्नै पार्टीका साथीहरूले जथाभावी भनिरहेका छन् ।’ प्रधानमन्त्रीकै आग्रहमा बालुवाटार पुगेका शेखरले निवर्तमान सञ्चारमन्त्रीको अडियो नै सार्वजनिक भएको सेक्युरिटी प्रिन्टिङ प्रेसबारे पनि विभिन्‍न प्रश्न गरे। ‘तपाईं नेतृत्वको सरकारको एकपछि अर्को काण्डैकाण्ड आइरहेको छ । सरकारले यस्ता गतिविधिलाई रोक्न सक्नुपर्छ,’ ओलीलाई सुझाव दिँदै शेखरले भने । शेखरले राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्‍न मिल्ने गरी संविधान संशोधन गर्न लागेकोप्रति ध्यानाकर्षण भएको बताएको थपलियाले जानकारी दिए ।

सत्तारूढ दल नेकपामा यो विषयले ठूलो विवाद भइरहेको छ । थपलियाका अनुसार देशबारे ओली निकै चिन्तित छन् । ‘देशलाई दुर्घटना हुनबाट बचाउनुपर्छ । तपाईं हामी मिल्नुपर्छ,’ थपलियाले भने। कोइराला अहिले नेपाली कांग्रेसको सभापति बन्‍नेगरी जिल्ला दौडमा छन्। शेखरले देशका प्राय सबै जिल्लाका भ्रमण सकेर भ्रमण दोहोर्‍याउने योजना बनाइरहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply