‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्व डिआईजी खरेल अलग्गिए ! आखिर किन ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १५, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण १५, काठमाण्डौ । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्व डिआईजी रमेशप्रसाद खरेल पछि सरेका छन् । विहीबार (आज) घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्व डिआईजी खरेलसँगै पूर्व कायममुकायम रक्षा सचिव देवेन्द्र सिटौंला र राजकुमार यादव पनि पछिसरेका हुन् ।

यस अभियानमा ज्ञानेन्द्र शाहीलाई पनि राखिएपछि तत्कालका लागि तीनै जना अलग्गिएका हुन् । भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको यस अभियानबाट अभिव्यक्ति र कार्यशैलीका कारण विवादित बनेका शाही हटाइएका व्यक्ति हुन् ।

पूर्व निर्धारित कार्यक्रमबाट अलग्गिएको प्रति पूर्व डिआईजी खरेलले फेसबुकमा लेखेका छन् , ‘विशेष कारणबस यस अभियानमा म’ लगाएत देवेन्द्र सिटौंला, राजकुमार यादव उपस्थित हुन असमर्थ रह्यौं । असमर्थताको लागि क्षमाप्रार्थी छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस