भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त ! राज्यमन्त्री पद्मा अर्यालको बढुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १८, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १८,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भानुभक्त ढकाल कानुनमन्त्री नियुक्त भएका छन् ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई मन्त्री नियुक्त गरेका हुन् ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका हुन् ।

यस्तै राज्यमन्त्री पद्मा अर्यालको मन्त्रीमा बढुवा भएको छ । उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

मन्त्रीहरुको सपथ साढे ४ बजे तय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस