साउन १८,काठमाडौँ । अर्घाखाँची पुर्ख्यौली घर भई बुटवल स्थाई रुपले बस्दै आएका रायमाझी परिवारमा एकै सन्तानका चार जना दिदी, भाई ,दाजुबहिनी कलाकारिता पेशामा आबद्द छन् । सबैभन्दा दिदी हरिमाया रायमाझी प्रतियोगी कलाकारको रुपमा परिचित छिन् । ऊनी बिशाल रायमाझी पोहोर सालको तीज गीत नक्कले गीतसँगै चर्चामा छन् । शर्मिला रायमाझी पनि पोहोरको तीज गित जिरो फिगर बाट चर्चामा आईन् । सबैभन्दा बहिनी एलिना रायमाझी पछिल्लो समयमा चर्चित मोडलको रुपमा चिनिन्छिन् ।
दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी एलिनाले तथा भर्खरै चलचित्र धुम ३ बाट ठुलो पर्दामा डेब्यु गरेकी हुन् । यीनै दिदी भाई बहिनीलाई पुर्ख्यौली घर धादिङ भई स्थाई रुपले थानकोट बस्दै आएका बहुचर्चित अभिनेता जय किशन बस्नेतले साथ दिएका छन् यसपालीको तीज गित चर्तिकला नक्कले तथा नक्कले भिनाजु–२ मा जयकिशनको १०७ औँ चलचित्रमा अभिनय पछि यो प्रथम म्युजिक भिडियो हो । उनी धुम ३ आगामी असोज महिबाटै शुरु हुने कुरा बताऊँछन् ।
चर्तिकला नक्कलेमा बिष्णु ठडराई हरिमाया र बिशालको आवाच तथा लय शब्द रहेको छ् । जय र एलिनाको लोभलाग्दो नृत्य रहेको चर्तिकला नक्कलेलाई शिवन् पोखरेलले निर्देशन गरेका छन् भने छायाँङ्कन अजय रेग्मी र सम्पादन अधिनायकमान शेरचनले गरेका छन ।
यो भिडियो गोर्खा चौतरी म्युजिकको बजार व्यस्थापनमा हाईलाईट्स नेपालबाट केहि दिन अघि युटुबमा बिमोचनसहित सार्बजानिक गरिएको थियो ।
यो समाचार तयार पार्दासम्म यो गित करिब एक लाख पचासी हजारभन्दा बढिपटक हेरिएको छ । म्युजिक भिडियोको कोरसमा पुराना कलाकार शेरबहादुर डिसी तथा नवकलाकार शंकर कार्की तथा साहित्यकार पत्रकार निर्मल पुरी भोगी र साथीहरु देखिएका छन् ।