साउन १८,काठमाडौँ । नेदरल्याण्ड्ससँगको दोस्रो एकदिवसीय खेलमा शक्ति गौचन र करण केसी प्लेइङ ११ मा परेका छैनन् । साथै पहिलो खेलमा घाइते भएका शरद भेषावकर पनि शुक्रबारको खेलमा छैनन् । सुवास खकुरेल, ललित भण्डारी र रोहितकुमार पौडेलले प्लेइङ ११ मा स्थान पाएका छन् ।
खेल पौने ३ बजे नेदरल्याण्ड्सको एमस्टलभिनमा हुने छ । नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नेदरल्याण्ड्सको टिममा भने कुनै परिवर्तन भएको छैन ।