फाल्गुण १७, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष सन् २०२० का लागि देशबाहिर हुने कार्यक्रम तत्कालका लागि स्थगित गरेको बताएको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यपी बनेकोले देशबाहिर भैरहेका औपचारिक कार्यक्रम स्थगित गरिएको पर्यटनमन्त्री योगेश भटराईले काठमाण्डौमा भएको एक कार्यक्रममा जानकारी गराएका छन् ।
भ्रमण वर्षको अवसरमा विदेशमा रहेका विभिन्न संघसस्था तथा निकायले गर्ने कार्यक्रम स्थगित गरिएको नेपाल भ्रमण वर्ष सचिवालय सदस्य सचिव बच्चुनारायण श्रेष्ठले जानकारी दिएका छन् ।