जिनिभामा राष्ट्रसङ्घकी मानवअधिकार प्रमुखले उठाइन् नेपालको द्धन्द्धकालको सवाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १७, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण १७, काठमाण्डौ । संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रमा मानवअधिकार हेर्ने निकायकी प्रमुखले नेपालको सङ्क्रमणकालीन न्याय गम्भीर मोडमा रहेको बताएकी छन् । जिनिभामा सम्पन्न सत्रमा मानवअधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरकी प्रमुख मिशेल ब्याचलेट नेपाल सरकारलाई सङ्क्रमणकालीन न्याय प्रक्रियामा विश्वासको वातावरण बनाउन सुझाव दिइन् ।

त्यसका लागि सरकारले असल नियत लिएर द्वन्द्व पीडित र नागरिक समाज सम्मिलित बृहत छलफल अघि बढाउनुपर्ने उनको सुझाव छ । लगभग १४ वर्षअघि शुरू भएको नेपालको शान्ति प्रक्रिया अन्तर्गत सङ्क्रमणकालीन न्यायसँग जोडिएका विषयवस्तुमा उल्लेख्य प्रगति नहुँदा राष्ट्रसङ्घको पछिल्लो भनाइ आएको हो । बिबिसि

ताजा अपडेट

खोजी गर्नुहोस