फाल्गुण १८, काठमाण्डौ । चीनबाट उद्दार गरि भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनासहित दुईसयजना व्यक्तिको शनिबार दोस्रो चरणमा घाँटी भित्रको नमूना (स्वाब) संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको छ ।
घाँटीको भित्री नमूना संकलनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ११ जनाको टोली क्वारेन्टाइन गएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले जनस्वास्थ्य प्रयोगशालाबाट ११ जनाको स्वास्थ्यकर्मीको टोली गएर क्वारेनटाइनमा रहेका व्यक्तिको स्वाव परिक्षण गरी ल्याइएको जानकारी दिए । उनले क्वारेनटानइमा रहेका १७५ जना नेपाली, सातजना स्वास्थ्यकर्मी र पाइलटसहित १७ जना गरी दुईसय व्यक्तिको नमूना संकलन गरी ल्याइएको जानकारी दिए ।