गुमनाम भए सिके राउत, यतिबेला के गर्दै छन् उनी ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन १८, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण १८, काठमाण्डौ । पृथकतावादी धारको राजनीति त्यागेका डा।सिके राउत नेतृत्वको जनमत पार्टीको काठमाडौँ मित्रपार्कस्थित सम्पर्क कार्यालयमा ताला झुण्डिएको छ । दुई महिनादेखि सम्पर्क कार्यालय खुलेको छैन । जनमत पार्टीका नेता कार्यकर्ता पनि सम्पर्क कार्यालय आसपास मात्रै होइन, काठमाडौँमा पनि देखिँदैनन् ।

कहाँ छन् त उनीहरु ? डा।राउतसँगै जनमत पार्टीका सबै केन्द्रीय नेता जिल्ला दौडाहामा छन् । आजको नयाँ पत्रिका दैनिकमा नवीन झाले लेखेको समाचारअनुसार पुस पहिलो सातादेखि फागुन दोस्रो सातासम्म तराई मधेशका ३० स्थानमा आमसभा गरेका छन् । यो साताभित्र थप चार ठाउँमा आमसभा गर्दैछन् । २०६४ को संविधानसभा निर्वाचनसँगै उनले मधेशतिर ध्यान दिन थालेका थिए । राउत ०७१ भदौमा मोरङबाट पक्राउ परे, त्यतिखेर एकाएक चर्चामा आए । त्यसपछि पटकपटक पक्राउ पर्ने र रिहा हुने क्रम चल्यो । जेलमा रहेकै बेला सरकारसँग सम्झौता गरेका राउत त्यसपछि भने चर्चा बाहिर छन्, तराई मधेशका गाउँतिरै ।

ताजा अपडेट

खोजी गर्नुहोस