विश्वका सबैभन्दा दूषित ३० सहरमध्ये नेपाल पनि ८ नम्बरमा ! पहिलो कुन ?

फाल्गुण १८, काठमाण्डौ । भारतले फेरि पनि सबैभन्दा दूषित हावा हुने सहरहरुको सूचीमा शिर्ष स्थान हासिल गरेको छ । यति मात्र नभएर नयाँ रिपोर्टका अनुसार सबैभन्दा कम गुणस्तरको हावा भएका शीर्ष ३० सहरमध्ये २१ वटा भारतका रहेका छन् । अर्कोतर्फ चिनियाँ सहरहरुले भने हरेक वर्ष सुधार ल्याइरहेको पाइएको छ ।

एयर भिजुअलको विश्व हावा गुणस्तर रिपोर्टमा भारतको उत्तर प्रदेशस्थित राजधानी नयाँ दिल्लीको गजियाबाद सहर सबैभन्दा प्रदुषित रहेको उल्लेख छ । गत नोभेम्बरमा मात्र नयाँ दिल्लीले एक्युआइ स्तर ८०० नाघेपछि स्वास्थ्य आपत्काल घोषणा गरेको थियो ।

यो भनेको खतरनाक स्तरको पनि तीन गुणा बढी हो । हावामा हुने कुनैपनि कण २।५ माइक्रोमिटर ‘डाएमिटर’ भन्दा सानो भएमा स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ किनकि त्यस्ता साना कणहरु फोक्सो र ह्दय प्रणालीको गहिराइसम्म पुग्न सक्छन् । यसरी देशव्यापी रिपोर्टमा भने बंगलादेश विश्वको सबैभन्दा प्रदुषित मुलुक रहेको पाइएको छ ।

त्यसपछि पाकिस्तान, मंगोलिया, अफगानिस्तान, भारत क्रमशः पाचौँ स्थानसम्म रहेका छन् । नेपाल पनि यसमा आठौँ नम्बरमा आएको छ । नेपालको हावा विशेषगरी संवेदनशील समूहका लागि धेरै अस्वस्थकर मानिएको छ । नेपालको हावाको गुणस्तर पिएम ४४।५ रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदुषणका कारण वार्षिक ७० लाख मानिसहरुको समय अगावै मृत्यु हुने गरेको छ । सीएनएनबाट

संम्बन्धित समचार

Leave a Reply