साउन १८,काठमाडौँ । नेदरल्याण्ड्सविरुद्ध जारी दोस्रो एक दिवसीय खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ । पाँचौ विकेटको लागि आर के पौडेल १५ बलमा ६ रन बनाउर आउट भए । चौथो विकेटका रुपमा दिपेन्द्र सिंह एेरी १७ बलमा १९ रन बनाएर रन आउट भएका हुन् । यस क्रममा उनले ३ चौका प्रहार गरे ।
यसअघि नेपालका ओपनर ज्ञानेन्द्र मल्ल १३ रन र अनिल साह ४ रन बनाएर आउट भएका थिए । त्यस्तै पहिलो र दोस्रो विकेट लिएका क्लासनले १२औं ओभरको पहिलो बलमा ओपनर सुवास खकुरेललार्इ १९ रनमा आउट गरेका हुन । ३३ बल सामना गरेका खकुरेलले ३ चौका प्रहार गरेका थिए ।
टस जितेर पहिला व्याटिङमा आएको नेपालले ७।३ ओभरमा २९ रन बनाउँदा ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । २४ बल खेलेका मल्लले १२ रन बनाए । उनले २ चौका प्रहार गरे ।
नेदरल्याण्ड्सका फ्रेड क्लासेनले आठौं ओभरको तेस्रो बलमा ज्ञानेन्द्रलार्इ र छैठौं बलमा अनिल साहलार्इ आउट गरेका हुन् ।
क्लासनले मल्ललाई वेस्ले बेरेसीका हातबाट क्याच आउट गराएका हुन् ।
यसैगरी अनिल साह ४ रनमा आउट भए । मल्ल आउट भएपछि सुवास खकुरेललाई साथ दिन आएका साहले ३ बल खेल्दै आउट भएका हुन ।
यतिखेर क्रिजमा कप्तान पारस खड्का र रोहित पौडेल छन् । १९ ओभरको समाप्तिमा नेपलको स्कोर ८३ रन छ भने पारस १५ र रोहित २ रन बनाएर खेलिरहेका छन् ।