स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन, २५ किमी छोटियो

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७५ जेष्ठ ६, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ६,काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलले आज स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन गरेका छन ।

नेपाली सेनाद्वारा निर्माण भएको १७ किलोमिटर दूरीको उक्त सडक मन्त्री पोखरेलले मैलुङमा उद्घाटन गर्दै भौगोलिक रुपले अति विकट रहेको क्षेत्रमा सरकारले तोकेकै समयभित्रै सडक निर्माण सम्पन्न गर्ने नेपाली सेना र नेपाली सेनाका सबै दर्जाका जवान तथा अधिकृतलाई धन्यवाद दिए ।

२५ किमी छोटियो

गल्छीदेखि सदरमुकाम धुञ्चेदेखि रसुवागढीसम्मको अन्तर्राष्ट्रिय राजमार्ग १०६ किमी रहेकामा नवनिर्मित सडकखण्ड खुलेपछि २५ किमी घटी ८१ किमीमा आउनेछ । गल्छीदेखि स्याफ्रुबेंसीसम्म भने साविकमा ९० किमी भएकामा अब ६५ किमी हुनेछ ।

चट्टान नै चटन भई भौगोलिक विकट सो स्थानमा विसं २०७२ वैशाख १देखि सो सडकखण्ड निर्माण शुरु भई गत चैत ३० गते निर्माण सम्पन्न भएको थियो ।

नेपाली सेनाले मार्ग खोलिसकेको स्याफ्रु–मैलुङ सडकखण्डमा अब छिट्टै थप व्यवस्थापनका काम सरकारले अघि बढाई नेपाल–चीनको व्यापार अघि बढाउने छ ।

कार्यक्रममा नेपाली सेनाले निर्माण गरेको उक्त सडक आजै सडक विभागलाई हस्तान्तरण गरिएकोे छ । सडक निर्माणको लागत रु ७० करोड ६९ लाख ९० हजार रहेको नेपाली सेना सडक निर्माणका प्राविधिक सेनानी सञ्जय केसीले बताए ।

सडक निर्माणमा नेपाली सेनाका सबै दर्जालाई प्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद दिएको सन्देश रक्षामन्त्री पोखरेलले जनसमुदायमाझ जानकारी दिए ।

उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, सडक विभागका महानिर्देशक गोपाल सिग्देलसमेतको सहभागिता थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस