शून्य भेदभाव दिवसको अवसरमा कौटिल्य स्कुलबाट खाध्यान्न वितरण

Post Thumbnail

फागुन १८,काठमाडौँ । शून्य भेदभाव दिवसको अवसर पारेर काठमाण्डौ–३२, तीनकुने स्थित कौटिल्य माध्यमिक विध्यालयले विगतको वर्ष झै यो वर्ष पनि विध्यार्थी, शिक्षक तथा समाजबाट संकलन गरिएको खाद्यबस्तुहरू आइतवार एक कार्यक्रमको आयोजना गर्दै बोहोराटार, काठमाण्डौ स्थित स्ट्रिट टु होम नामक संस्थाका अध्यक्ष सुगिता साहलाई हस्तान्तरण गरेको छ।

विध्यालयको स्काउट ट्रुपको पहलमा संकलित गरिएको थियो। कार्यक्रममा विध्यालयका प्रध्यानापक प्रमोद शिलवाल, टी एन भट्ट, संस्थाकी अध्यक्ष सुगिता शाह र साहित्यकार राजबाबु श्रेष्ठ सागरले स्काउट ट्रुपले गरेको उक्त मानवीयकार्यको प्रसंशा गरेका थिए। विध्यालयले प्रत्येक वर्ष यस्ता कार्यक्रमको योजना गर्दे आएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस