‘एक पालिका, एक अस्पताल’ बनाउने योजना : धादिङ र नुवाकोटबाट ६ स्वास्थ्य संस्था छनौट

Post Thumbnail

फाल्गुण १९, काठमाण्डौ । सरकारको ‘एक पालिका, एक अस्पताल’ बनाउने योजना अनुसार यस वर्ष २ सय ३६ पालिकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेको पत्रकार सम्मेलनमा २ सय ३६ स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गर्न लागिएको मन्त्री भानुभक्त ढकालले जानकारी दिए । यसैक्रममा धादिङको तीन वटा स्तरोन्नतीमा परेको छ ।

धादिङको गंगाजमुना गाउँपालिकामा रहेको फूलखर्क स्वास्थ्य चौकी, बेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट स्वास्थ्य चौकी, सिद्धलेक गाउँपालिकाको एक सस्थ्य चौकी गरि ३ स्वास्थ्य चौकीको स्तरोन्नती हुने भएको हो । यसैगरी नुवाकोटको पनि ३ स्वास्थ् चौकी स्तरोन्नती हुने भएको छ । अधिल्लो वर्ष सरकारले २ सय ५१ पालीकाका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम प्रारम्भ भइसकेको छ । यस वर्षका लागि स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययन गर्नको स्वास्थ्य मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पठाइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस