प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाण्डौ । दोश्रो पटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन । प्रधानमन्त्री ओलीको दोश्रो पटकको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा। प्रेमराज ज्ञवालीको टोलीले प्रत्यारोपण गर्ने भएको हो ।

अस्पतालका अनुसार युरोलोजी डिपार्टमेन्टका अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् । मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको छ । चिकित्सकको टोलीमा नेफ्रोलोजी विभाग प्रमुखमा डा दिव्यासिंह शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले लगायत छन् ।

यस्तै, युरोलोजीमा प्रा डा उत्तम शर्मा, डा ज्ञवाली, डा भोजराज लुइँटेल, डा पवन चालिसे पनि रहेको अस्पतालले जनाएको छ । पहिलोपटक बुहारी नाताकी अञ्जना घिमिरेको मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई यसपटक घिमिरेकी भान्जी अर्थात् झापाकी ३२ वर्षीया समीक्षा संग्रौलाले मिर्गौला दिनेछिन् । नेपालको कानून अनुसार आफ्नो नजिकको नातेदारबाट सहमतिमा अंगदान लिन सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस