कोरोनाबाट जोगिन अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सर्वोच्चको आदेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाण्डौ । सर्वोच्च अदालतले कोभिड १९ (कोरोना भाइरस) बाट जोगिनका लागि आवश्यक परेमा त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोक लगाउन सरकारका नाममा आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार यस्तो आदेश दिएको हो । सर्वोच्चले चीन, जापान, बहराइन, इरान र दक्षिण कोरिया जस्ता कोरोना प्रभावित देशबाट हुने हवाई उडानमा रोक लगाउनेसम्मको कदम चाल्न सरकारलाई भनेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस