काङ्ग्रेस सभापतिद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन १९, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन १९, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।

मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई ट्वीटरमार्फत देउवाले स्वास्थ्य लाभको कामना गरे।

उनले ट्वीटरमा भनेका छन् ‘प्रधानमन्त्री एवम् मेरा मित्र केपीशर्मा ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’ आज अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको पर्सि बुधबार मात्रै मिर्गौला प्रत्यारोपण गरिनेछ। उनको मिर्गौला प्रत्यारोपण दोस्रो पटक हो। अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले भिडिओ सन्देशमार्फत प्रत्यारोपण सफल हुने विश्वास व्यक्त गरेका छन्।

‘प्रविधि र ज्ञानको विकासले अहिले प्रत्यारोपण पहिलाजस्तो जटिल हुँदैन। आफ्नै देशमा मिर्गौला प्रत्यारोपण गर्न पाउँदा म गर्व गर्छु र खुसी छु,’ ओलीले भनेका छन्,‘यो सजिलै हुने मेरो विश्वास छ।’

ताजा अपडेट

खोजी गर्नुहोस