क्याबिन ६०१, जहाँ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिनेछ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २०, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पतालको एनएक्स(२ को क्याविन ६०१ मा सोमवार साँझ भर्ना भएका छन् ।
अस्पतालका निर्देशक डाक्टर प्रेमकृष्ण खड्काका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डाक्टर प्रेम ज्ञवाली, डाक्टर उत्तर शर्मा, डाक्टर दिव्यासिंह शाह, डाक्टर पवन चालिसे, डाक्टर सुमन चापागाईं, डाक्टर सुवास आचार्यलगायत छन् ।

डाक्टर ज्ञवालीको नेतृत्वमा प्रत्यारोपण शल्यक्रिया हुन लागेको हो । अन्य विभिन्न विभागका विशेषज्ञ चिकित्सकलाई समेत प्रधानमन्त्रीको प्रत्यारोपण अन्तर्गत जुनसुकै बेला उपस्थित हुने गरी तम्तयार भएर बस्न भनिएको छ ।

ओलीको बुधवार मिर्गौला प्रत्यारोपण गर्ने पूर्वनिर्धारित तालिकाअनुसार हाल अस्पतालले विभिन्न चिकित्सकीय प्रक्रिया अगाडि बढाइरहेको छ । अस्पतालमा हरेक बुधवार नियमित मिर्गौला प्रत्यारोपण हुने गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
प्रधानमन्त्रीको प्रत्यारोपणमा दुई जना भारतीय चिकित्सकले समेत सघाउनेछन् ।
डाक्टर अनन्त कुमारले १३ वर्षअघि भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालमा ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका थिए । उनले नेपाल मेडिकल काउन्सिलमा शल्यक्रियाबारे अनुमति लिन निवेदनसमेत दिएका छन् । काउन्सिल स्रोतले यसबारे मंगलवार निर्णय हुने जनाएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले पनि दोस्रो प्रत्यारोपणमा पहिलो प्रत्यारोपण गरेका भारतीय चिकित्सकलाई परामर्शदाताका रूपमा संलग्न गरिएको पुष्टि गरेका छन् । यद्यपि उनले ती चिकित्सक काठमाडौँ आइपुगेरनपुगेकोबारे उपचारमा संलग्न चिकित्सक टोलीले मात्रै बताउन सक्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस