एनआईसी एशियाको निक्षेप योजनामा १ सय २ जनाले पाए ६० लाख बिमा रकम

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २०, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २०, काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ ग्राहकले ६० लाख रुपैयाँभन्दा बढीको बिमा रकम प्राप्त गरेका छन् । एनआईसी एशियाको मुद्दती खाता खोलेकै भरमा पाइने सुविधाअन्तर्गत सेवाग्राही लाभान्वित भएका हुन् । एनआईसी एशिया बैंकले मुद्दती खातामा २१ लाख रुपैयाँसम्मको बिमा सुविधा छ । एनआईसी एशियाले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा थप गरेको हो । बैंकको व्याक्तिगत मुद्दती खातामा तीन विभिन्न अतुलनिय बिमा सुविधा छन् ।

बैंकले खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भए १० लाख रुपैयाँसम्मको बिमा सुविधा दिएको छ । यस्तै, ग्राहकले १८ घातक रोगका लागि १० लाख रुपैयाँसम्म र १ लाख रुपैयाँसम्मको औषधि उपचार बिमा सुविधा पाउन सक्नेछन् । ग्राहक बहिरंग उपचार गर्नुपरे २० हजार रुपैयाँसम्मको सुविधा लिन सक्नेछन् । अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आए बैंकले ८० हजार रुपैयाँसम्म बेहोर्छ ।

२१ लाखसम्मको बिमा सर्वसाधारण आफैंले गर्नुपरेमा करिब १४ हजार रुपैयाँ बिमा शुल्क तिर्नुपर्ने हुन्छ । तर यस न्यू सुपर चमत्कारिक योजनाअन्तर्गत बैंक स्वयंले उक्त बिमा सुविधा बापत लाग्ने बिमा शुल्क प्रिमियम सम्झौता गरको एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई बैंकले सम्झौता गरे अनुरुप भुक्तानी गरिदिन्छ । जसले गर्दा ग्राहकले कुनै पनि अतिरिक्त शुल्क खर्च नगरी १४ हजार रुपैयाँको सेवा लिन सक्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस