लागुऔषध चरेससहित गजुरीका दुई तामाङ मलेखुबाट पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ फागुन २०, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २०, धादिङ । धादिङको मलेखुबाट प्रहरीले २५ किलो लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । बेनिघाटरोराङ गाउँपालिका ३, मलेखुमा मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा झोलाभित्र हालेर ल्याएको अवस्थामा फेला परेको चरेससहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गजुरी गाउँपालिका ३ का २८ वर्षीय सन्च बहादुर तामाङ र ४१ वर्षीय मानवीर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

चरेश बोक्न प्रयोग भएको बा ४८ प ९२२५ नम्बरको मोटर साइकल पनि प्रहरीले जिल्ला अदालतमा पेश गरको छ । प्रहरीले चरेश ओसारपसार तथा बिक्री हुन लागेको सूचनाको आधारमा जाँच गर्दा त्यति परिमाणको चरेस बरामद भेटिएको थियो ।
-सिताराम अधिकारी, उज्यालो

ताजा अपडेट

खोजी गर्नुहोस