३२ तोला सुन लुटेर फरार नुवाकोट शिवपुरीका राजु थापा २३ वर्षपछि पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ फागुन २०, मंगलबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फाल्गुण २०, काठमाण्डौ । २०५३ सालमा ३२ तोला सुन चोरी गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साविक नुवाकोट समुन्द्रदेवी गाविस–४ हाल शिवपुरी गाउँपालिका–६ वस्ने राजु थापालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । थापालाई सर्वोच्च अदालतले गत २०७५ असार ११ गते ४ लाख २० हजार जरिवाना र ६ वर्ष कैद हुने ठहर गरेको थियो। उनलाई ब्यूरोको टोलीले मंगलबार काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनको लागि उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले डिल्लीबजार कारागार पठाइएको छ ।

२०५३ फागुन १० गते राति भेष बहादुर गुरुङले हङकङबाट ल्याएको दश टिल (३२ तोला) सुन छिरिङ वाङ्गेल घले समेतले भन्सार छुटाई बाअग २८७३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा थापासमेतले काठमाडौंको भिमसेनगोलाबाट डाँका गरेको सीआईबीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस