प्रदेश २ को नामाकरणका लागि चैत १ मा मतदान हुने

फाल्गुण २१, जनकपुर । प्रदेश नम्बर २ मा प्रदेशको नामाकरण र स्थायी राजधानीबारे सर्वसम्मत निर्णय हुन नसक्दा मतदान प्रक्रिया नै सारिएको छ । प्रदेशको नामाकरणका लागि हुने भनिएको फागुन २३ गतेको मतदान होली पर्वको नाममा सारिएको छ । फागुन २२ मा प्रदेशसभाको वैठकका लागि बोलाइएपनि एक साताको लागि सार्ने निर्णय प्रदेशसभा सचिवालयले गरेको जनाएको छ । अब प्रदेशसभाको वैठक फागुन २२ गते नभएर आउँदो फागुन ३० गते बस्ने प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

सभामुख सरोजकुमार यादवले मुख्यमन्त्री लालबाबु राउतको आग्रहमा प्रदेशसभाको बैठक सारिएको बताए । मुख्यमन्त्री राउतको आन्तरिक व्यस्तताको कारण प्रदेशसभाको वैठक सारिएको र फागुन ३० गते हाउसको वैठक बस्ने उनले बताए ।

संम्बन्धित समचार

Leave a Comment